२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारिश्रमिकको रकम सामाजिक संस्थालाई

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका हुन् ।

वडामा गठन भएका १३ आमा समूहलाई रु १०/१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई रु १० हजार, नेवाः पुँच खललाई रु ५० हजार, आफुले अभिभावकत्व ग्रहण गरेका छात्र नीरकुमार खत्रीलाई रु १० हजार र धामीलाई रु तीन हजार प्रदान गर्नुभएको वडासदस्य हरि चाम्लिङले बताए । आमा समूहलाई प्रदान गरिएको रकम घुम्तीकोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिनाब्याज चलाउन दिने गरी प्रदान गरिएको हो ।

बाँकी रहेको रु १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सङ्गिनी नृत्य टोलीका लागि साडी खरीद गर्न सहयोग गरेका हुन् जनाइएको छ । उमेरले भर्खर ३३ वर्षका हुनुभएका वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकमसमेत सामाजिक काममै खर्च गर्ने बताए ।

उनले गत वर्ष पनि प्राप्त रु एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर रु दुई लाख ५१ हजार १११ नगद सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका थिए । उनले आफ्ना स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका छन् ।

गत वर्ष नै स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष चौहानले बताए । भारतीय सेनाका पेन्सनरसमेत रहेका वडाध्यक्ष चौहान २१ वर्षको उमेरमा दुर्घटनामा परेपछि पेन्सनमा घर आएको बताइएको छ ।