२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट

अ+ अ-

काठमाडौं । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भई ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् ।

उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल भएकी छन् ।साथै प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमीङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भएका छन् ।

भारतका संघीय गृहमन्त्री अमित साह प्रमुख अतिथि रहेका २४ अगष्ट, २०१९ मा आयोजित दिक्षान्त समारोहमा उक्त तालिमका विभिन्न विधाहरुमा पुरस्कार वितरण गरिएको थियो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको हो । करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्ट सहित २ चरणमा संचालन हुने गर्दछ ।

१८ डिसेम्बर २०१७ मा सुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन् । सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतहरुले तालिम सम्पन्न गरेका छन् ।