काठमाडौं । त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको एउटा जहाजमा चरो ठोक्किएको छ ।
आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारको दोहा उडने तयारीमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा धावनमार्गमै चरा ठोक्किएपछि उडान अवरुद्ध भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उड्न तयार जहाजमा धावनमार्गमै चरो ठोक्किएपछि उडान रद्द गरिएको छ ।
चरो ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच थालेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।







