वीरगञ्ज । बाबुआमाले गाली गरेको भन्दै पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।
गोविन्दको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ







