२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु नियन्त्रणका लागि संयन्त्र बनाउन माग

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज अपरान्ह बसेको बैठकमा सार्वजनिक सरोकारसँग सम्बन्धित डेङ्गु रोगको प्रभावलाई नियन्त्रण गर्नुपर्ने विषयमा राखिएको प्रस्तावमाथि सदस्यहरुले प्रदेश सरकारसँग चिकित्सकसहितको संयन्त्रको टोली छिट्टै परिचालन गर्न माग गरेका छन् ।

उनीहरुले अहिले विपन्न परिवारको बाहुल्य रहेका बस्तीमा लामखुट्टेको प्रकोप तीव्ररुपमा बढेकाले चिकित्सकको टोलीलाई ती बस्तीमा पठाई प्यूपा र लार्भा नष्ट गर्न जनचेतना जागृत पार्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिए ।

सदस्यले सरकारी अस्पतालमा डेङ्गु रोगीको उपचारका लागि चाप बढ्दै गएकाले उपचारका लागि आवश्यक चिकित्सक तथा जनशक्ति उपलब्ध गराउनुका साथै किट पनि निःशुल्क उपलब्ध गराउन माग गर्दै प्रदेश सरकारले सम्बन्धित निकासँग समन्वय गर्नुपर्नेमा दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले राखेका सार्वजनिक सरोकारको प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र सत्तारुढ दलकै सदस्य कञ्चन खनालले समर्थन गरेका थिए ।

सो प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर प्रदेशका १३ जिल्लामा डेङ्गु नियन्त्रण अभियान चरणबद्ध रुपमा कार्यान्वयनका लागि प्रयास भइसकेको उल्लेख गर्दै प्रदेशमा अहिले डेङ्गु रोगबाट जम्मा दुई हजार १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी गराए ।

प्रदेशसभाका सदस्य गीता वाग्ले, विराजभक्त श्रेष्ठ, वसन्त मानन्धर, राजेन्द्रप्रसाद पाण्डे, भीमसेन खत्री, शोभा शाक्य, विनोद खड्का, बलराम पौडेल, विजया श्रेष्ठ केसी, सुरेन्द्रराज गोसाईँ, कृष्णप्रसाद खनाल, इन्द्रमाया गुरुङ, प्रेमबहादुर पुलामी, रिना गुरुङ, नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, सरस्वती बस्नेत, राजेन्द्र श्रेष्ठ र रीता माझीले आफ्ना धारणा राखेका थिए ।

आजैको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश नं ३ को स्थायी राजधानीको टुङ्गो र राजधानीको नामकरणसमेतको सहमति गरी सभामा प्रक्रियामा ल्याउन प्रदेश सरकारले आलटाल गरेको आरोप लगाउँदै मकवानपुरको पूर्वी भेगमा चट्याङबाट धनजनको क्षति भएकोमा सरकारसँग पीडितपरिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरे ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशको लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको दफावार छलफलसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक यही भदौ २४ गते बिहान ११ः०० बजे बस्ने जानकारी गराएका थिए ।रासस