२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माटोको भाडा बनाउन भ्याइनभ्याई

अ+ अ-

सुनसरी । तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ ।

एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पुर्‍याउने ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए ।

कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरेको छ ।

एक महीना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ ।

तिहार र छठ पर्वका लागि आवश्यक पर्ने माटोको भाडा बनाउँदा बनाउँदै दिन बित्छ, सियाराम पण्डित भने, ‘तिहार र छठ पर्व मेरो लागि वर्षभरिको ऋण चुक्ता गर्ने अवसर हो । घर चलाउन पसलबाट लिएको उधारो तिहार र छठ पर्वमा माटोको भाडा बेचेर चुक्ता गर्नु छ ।’

सियारामसँगै देवनारायण पण्डितलाई पनि दियो, चौमुखे दियो, कलशलगायतका सामग्री बनाउन भ्याइनभ्याई छ । तिहार र छठ पर्वमा खर्च कटाएर ती सामग्री बेचर करिब ३० हजारसम्म बचत हुने भएकाले उनीहरु अहोरात्र यो काममा खटिएका छन् । रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिलाहरु पनि यतिबेला सो काममा पुरुषहरुलाई सहयोग गर्ने गरेका छन् ।

पण्डितअर्थात कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाडाकुँडा बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ । आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए ।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाडो बनाई गाउँघरदेखि शहरसम्म बेच्ने गरेको छ । सरकारले यो पेशालाई संरक्षण गर्नुपर्ने उनीहरुको माग छ ।