६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको स्वास्थ्य अवस्थामा सुधार जरुरी : मुख्यमन्त्री पोखरेल

अ+ अ-

रुपन्देही । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको स्वास्थ्य अवस्थामा व्यापक सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकोत्सव तथा ७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले भने, ‘स्वास्थ्यसेवा गुणस्तर हुन नसक्दा यहाँका आम नागरिक सानो उपचारका लागि पनि काठमाडौं र देश बाहिर जाने क्रम बढिरहेकाले यसको न्यूनीकरणका लागि गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय गौरवको रूपमा लिएको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटर भत्काउने काममा यस क्षेत्रका संघसंस्था र व्यवसायीले सहयोग गर्नुपर्नेमा उल्टै अवरोध गरेकोप्रति गुनासो गरे।

‘लुम्बिनी प्रादेशिक अस्पताल देख्दा विरक्त लाग्छ, अस्पतालको संरचना र व्यवस्थापन हेर्दा शुक्रबारे, बुधबारे हाटबजार जस्तो अव्यवस्थित रुपमा स्वास्थ्यको हाट बजार भएको जस्तो देखिन्छ’, उनले भने, ‘अस्पताल सुधारका लागि प्रदेश सरकारले योजना ल्याउँदा केही व्यक्तिको स्वार्थमा संघसंस्था र व्यवसायीलाई बोकेर जिल्ला अदालत पुगेकोमा दुःख लागेको छ ।’

मुख्यमन्त्री पोखरेलले भाषणमा समृद्धिको नारा लगाउने तर विकासको काममा अवरोध गर्ने परिपाटीले समस्या निम्त्याएको बताउँदै अस्पतालभित्रको स्वास्थ्य सेवा के कसरी चलेको छ, सबैले प्रत्यक्ष देख्न पाउने गरी हुनुपर्छ । भित्र कोठामा बसेर निजी क्लिनिकमा बिरामी पठाउने काम अब बन्द गरिनुपर्छ भने ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, व्यापार संघका अध्यक्ष यमलाल लोहनीलगायतले स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष एजाज आलमले अस्पतालले नाफा कमाउने नभइ सेवाको भावना राखेर सेवा प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस