२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पछ्यौटेपन विरुद्धको लडाईंले मात्र समृद्धि आउँछ : मन्त्री बाँस्कोटा

अ+ अ-

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजिक पछ्यौटेपनविरुद्धको लडाईंबाट नै सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार हुनसक्ने बताएका छन् ।

प्रेस क्लबद्वारा आज यहाँ आयोजित ‘सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडिया’को भूमिका विषयक गोष्ठीमा उनले भने, ‘विकास हुन नसक्नुको कमजोरी र सुधार गर्नुपर्ने पक्ष पत्ता लगाई समृद्धिको यात्रामा हिँड्न जरुरी छ ।’

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले समाजिक ‘सोसाइटी’लाई उन्मुक्ति गर्न सकिएमा समृद्धि आउन सक्ने बताउँदै विकासका लागि सञ्चारमाध्यम ‘पार्टनर’ बन्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मिडियाको भूमिका जे छ त्यो गर्नुपर्छ, सकारात्मक सन्देश दिन जरुरी छ ।’ सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक पत्रकारितासंग सम्बन्धित विषय नभएको उनले बताए ।

मन्त्री बाँस्कोटाले अहिले व्यवस्थित सोचका साथ सरकारले काम गरिरहेको उल्लेख गर्दै एउटा पाटोबाट मात्र नभई अनेकौँ पाटोबाट समाज विकासको कुरा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राष्ट्र निर्माणको नयाँ युगको शुरुआत प्रधामन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो । त्यसमा हामी सबैले साथ दिन सक्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले समाज विकासका लागि मिडियाको भूमिका ‘रामवाण’ हुने भएको बताउँदै प्रदेशको समग्र विकासमा सरकारले मिडियाको सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, नेकपाका केन्द्रीय सदस्य महेश्वर पाठक, प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकी, पत्रकार उमीद बागचन्द, दीर्घराज उपाध्याय, हेमन्त पौडेललगायतले बोलेका थिए ।