काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय घटबढ भइरहेको छ । आइतबार सुनको मूल्य २ सयले बढेर ७५ हजार तोलामा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसाय संघले जनाएको छ ।
आज बजारमा तेजावी सुन तोलाको ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलाको ८ सय ९० कायम गरिएको छ ।