१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोटासको अभावमा गहुँखेती प्रभावित

अ+ अ-

वीरगञ्ज । नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ ।

सो कार्यालयले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव ९ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो ।

कार्यालयले समयमा रासायनिक मल पोटास उपलब्ध नगराउँदा यसपाली गँहुखेती तथा आलुखेती सोचे जस्तो गर्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान विजय पण्डितले भने, ‘भारतबाट मगाउँदा कमसल हुने भएकाले सोचे जस्तो उत्पादन हुन नसकेकाले यसपाली खेती प्रभावित हुने देखिन्छ ।’

कोलकता बन्दरगाहमा अड्किएको सो रासायनिक मल पोटास आपूर्तिकर्ताले र्‍याक नपाउँदा ढुवानी हुन नसकेको भन्दै प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले सो पोटास माघ महिनाभित्र आइसक्ने बताए ।

हाल कार्यालयमा युरिया ५ हजार ६३ मेट्रिकटन तथा डिएपी ४ हजार ७९४ दशमलव नौ मेट्रिकटन मौज्दात छ । सो कार्यालयले चालु आर्थिक वर्षमा २ लाख ३० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले बताए ।

प्रतिक्रिया दिनुहोस