९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड-१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु

अ+ अ-

पोखरा । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल पर्सन) डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनले भने, ‘फिभर क्लिनिकमा ज्वरो आएका र भाइरस सङ्क्रमणका आशङ्का गरिएका बिरामी जाँच हुने छ । सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।’ नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी १०० श्ययाभन्दा माथिका अस्पतालले अलग्गै ज्वरो क्लिनिक (फिभर क्लिनिक) सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार यहाँका ती तीन अस्पतालले छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याएका हुन् । त्यसैगरी आज (आइतबार) देखि यहाँ मा ‘हेलो डाक्टर’ हटलाइन सेवा शुरु हुने भएको छ । रुघाखोकी र ज्वरो आएका बिरामीले ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन् ।

स्वास्थ्य निर्देशक डा शर्माका अनुसार बिरामीले घरमै बसीबसी चिकित्सकलाई फोन गरी आफ्नो जिज्ञासा र समस्या जानकारी गराइ जाकारी प्राप्त गर्न सक्नेछन् । हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ ।

रुघाखोकी लागेका बिरामीलाई मात्र फिभर क्लिनिकमा सम्पर्क गर्न सुझाव दिइनेछ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन, सरसफाइमा ध्यान दिन र भीडभाड हुने स्थानमा नजान आग्रह गरीन् ।

प्रतिक्रिया दिनुहोस