२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएले शुरु गर्‍यो आर्थिक सहयोग सङ्कलन अभियान

अ+ अ-

अमेरिका । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ ।

नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाएको हो ।

सङ्घका अध्यक्ष कुमार पन्तले कोषमा सङ्कलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने राससलाई बताए । सङ्घले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथै सङ्घले सानिमा बैंकमा खोलेको सङ्घको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग सङ्कलनको कार्य तीव्र भइरहेको छ । सङ्घअन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएरसमेत ती देशहरुमा आर्थिक सहयोग सङ्कलन गरिरहेको जानकारी अध्यक्ष पन्तले दिए । आर्थिक सहयोग सङ्कलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब रु तीन करोड जम्मा हुने अपेक्षा राखिएको सङ्घले जनाएको छ ।

सङ्घले गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत रु एक करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिए ।

सङ्घले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका एनआरएनएका अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको जानकारी दिए। सङ्घको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ ।

विश्वभर करिब ८० लाख गैरआवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा युरोपका देशहरुमा गैरआवासीय नेपालीको बसोबास बढिरहेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण पाँच जना गैरआवासीय नेपालीको ज्यान गइसकेको छ ।