२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनका कारण वाग्मती सफाइ महाअभियान प्रभावित

अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थियो ।

चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् । सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदी, केही टोल र चक्रपथ सफाइ अभियानसमेत शुरु भइसकेको छ । उपत्यकाका नदी, टोल र चक्रपथबाट प्रभावित भई देशका प्रमुख शहर, मुख्य नदी एवं ताल, तलाउ र पोखरीमा पनि सफाइ अभियान शुरु भएको छ । बन्दाबन्दी शुरु हुनुअघिको शनिबारसम्म देशभरका १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको महाअभियानले जनाएको छ ।

बन्दाबन्दीका कारण नदी किनारमा निस्कन नसके पनि गत हप्ता शनिबार अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेका थिए । पूर्वसचिव एवं सफाइ अभियानकर्मी किशोर थापाले सफाइ महाअभियानको सामाजिक सञ्जाल समूहमा शुरुको नारा पोष्ट गरेपछि घरवरपर सफाइ गर्ने अभियान शुरु भएको थियो । उनले नै सामाजिक सञ्जालमा अन्त्यको नारा राखेपछि कार्यक्रम स्थगन भएको थियो । बन्दाबन्दीअघि हप्तामा दुई घण्टा सफाइ हुने गरेकामा घरवरपर गर्दा भने निरन्तरताका लागि एक घण्टा गरिएको अभियानकर्मीले जनाएका छन् ।

चैत २२ गते शनिबार पनि सबै अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । वाग्मती नदी किनार नजिकै तिलगङ्गा क्षेत्रमा घर भएका कारण अभियानकर्मी माला खरेलले भने एक्लै भए पनि नदीमै गएर सफाइ गरे। अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सञ्चालक सदस्यसमेत रहनुभएकी खरेल आफू बन्दाबन्दीका बेलासमेत बिहान बेलुका नदी किनारको बाटो भएर प्रभातकालीन हिँड्डुल गर्ने गरेकाले शनिबार बिहान सफाइसमेत गरेको बताए । रासस