२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : १८ लाख ५३ हजार संक्रमित, १ लाख १४ हजारको मृत्यु

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वभरि एक लाख १४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । १८ लाख ५३ हजार ४ सय ९६ संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभरि ७५ हजार १४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा करिब छ हजार संक्रमितको मृत्यु भएको अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयले जनाएको छ ।

म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पाँच लाख ६० हजार ४३३ जनामा संक्रमणको पुष्टि भएको छ ।

अमेरिकामा सोमबार बिहानसम्म पछिल्लो २४ घण्टामा करिब २७ हजार नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिनेमा अमेरिका, फ्रान्स, रुस र भारतमा सबैभन्दा बढी छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित स्पेनमा संक्रमित हुने एक लाख ६६ हजार ८३१ पुगेको छ । स्पेनपछि इटालीमा संक्रमित हुने एक लाख ५६ हजार ३६३ रहेको छ । फ्रान्समा एक लाख ३३ हजार ६७० जना कोरोनाभाइरसका संक्रमित छन् ।

जर्मनीमा एक लाख २७ हजार ८५४ जना संक्रमित छन् । जर्मनीमा तीन हजार २२ जनाको मृत्यु भएको छ ।

अमेरिका, इटाली, स्पेन, फ्रान्सपछि बेलायतमा कोरोनाभाइरस संक्रमणबाट करिब दशहजार ६१२ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६५७ जना संक्रमितको मृत्यु भएको छ।
बेलायतमा कोरोनाभाइरस संक्रमित भने ८५ हजार २०६ पुगेको छ । संक्रमितको अपेक्षा मृत्यु दर यूरोपेली राष्ट्रमध्ये बेलायतमा सबैभन्दा बढी देखिएको छ ।

इरानमा ७१ हजार ६८६ र टर्कीमा ५६ हजार ९५६ जना संक्रमित भएका छन् । इरानमा चार हजार ४७४ जना संक्रमितको मृत्यु भएको छ । अर्को यूरोपेली राष्ट्र बेल्जियममा २९ हजार ६४७ जनामा संक्रमणको पुष्टि भएको छ । बेल्जियममा तीन हजार छसय जनाको मृत्यु भएको हो ।

रुस र भारतमा पछिल्ला दिनहरुमा नयाँ संक्रमित थपिनेको संख्यामा वृद्धि हुँदै आएको छ । आइतबारसम्म दश हजार मात्रै संक्रमित पुष्टि भएको रुसमा सोमबार बिहानसम्म १५ हजार ७७० जनामा संक्रमणको पुष्टि भएको छ । भारतमा संक्रमित हुने नौ हजार २०५ पुगेको छ ।