२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

अ+ अ-

सुर्खेत । किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम पोलिमर चेन रियक्सन (आरटी पिसीआर) मेसिन सञ्चालनमा आउन सकेको छैन । गत मङ्गलबार प्रतिष्ठानले पिसीआर जडान गरेको थियो । प्रतिष्ठानका अनुसार प्रयोगशाला सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिको जाँच रोकिन पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावले परीक्षण प्रभावित भएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालासँग ३०० मात्र नमूनाको परीक्षण गर्न मिल्ने किट बाँकी रहेको जानकारी दिए । यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको पिसीआर मेसिन दिएको छ । पशु रोग अन्वेषण प्रयोगशालामा नयाँ आरटी पिसीआर मेसिन जडान भएपछि कम क्षमताको भनिएको उक्त मेसिन पनि थन्किएको छ । कर्णालीको सुर्खेत र जुम्लामा रहेका मेसिनले एकैपटक ९६ स्वाब नमूना परीक्षण गर्न सक्दछन् । तर, प्रदेशमा स्वाब सङ्कलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भाइरस ट्रान्सफर मिडिया (भिटीएम) तथा सङ्कलित स्वाब परीक्षण गर्ने पिसीआर प्रोसेसिङ किट सकिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारीले एक साताअघि नै किट माग गरिएको बताए । ‘कर्णालीका लागि थप एक÷एक हजार भिटीएम सेट र प्रोसेसिङ किट माग गरेका छौँ, आएको छैन’, उनले भने, ‘जसले गर्दा आरडिटी र पिसीआर परीक्षण प्रभावित बन्यो ।’ उनका अनुसार कर्णालीमा हालसम्म पाँच हजार ५०० को आरडिटी तथा करिब एक हजार जनाको पिसीआर परीक्षण गरिएको छ । हालसम्म यहाँ भने कोरोना सङ्क्रमण देखिएको छैन ।

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । बाँकेमा फैलिँदो सङ्क्रमणको नतिजाले कर्णालीमा पनि त्रास बढेको हो । परीक्षण न्यून भएकाले कोरोना नदेखिएको हो कि भन्ने आशङ्का गर्न थालिएको छ । दुई साता पहिले कर्णाली भित्रिएकाहरुको परीक्षण गरेपछि मात्रै वास्तविकता पत्ता लाग्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किट अभावले भने परीक्षण ढिलाइ हुने भएको छ ।

कर्णालीमा वैशाखको पहिलो सातादेखि किट अभाव भएको थियो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले परीक्षण किट खरिदको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको बताए । ‘केन्द्रसँग पनि एक हजार थान किट माग गरेका छौँ, किट माग गरेको दुई साता बितिसक्यो, आइपुगेको छैन’, उनले भने। बाँकेसँग प्रत्यक्ष सम्पर्क जोडिएको कर्णालीमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने चौतर्फी आवाज उठेको छ ।