काठमडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ ।
अस्थाई बसोबास सुर्खेत रहेका उनी जेठ १६ गते स्थायी घर डोल्पा पुगी होमक्वारेन्टाइनमा बसेका थिए । उनको २० गते होम क्वारेन्टाइनमै मृत्यु भएको थियो । घरमै मृत्यु भएका उनको जेठ २२ गते पीसीआरका लागि नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।
त्यहाँ परीक्षण गर्दा उनको पोजेटिभ रिपोर्ट आएको हो ।
भौगालिक विकटताका कारण प्रतिष्ठानको टोली उक्त स्थानमा पुग्न २ दिन लाग्ने भएकाले फोनबाट सोही गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई कन्ट्याक ट्रेसिङ गर्न लगाइएको र कन्ट्याकट्रेसिङ गरिएका व्यक्तिहरुको प्रतिष्ठानको टोली पुगेपछि परीक्षण गरीने अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिएका छन् ।








