१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन

अ+ अ-

बेनी । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए।

चैत ११ देखि जारी लकडाउनको शुरुआतमा सबै बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा बन्द गरिएको थियो । एक महिनायता बैंक तथा वित्तीय संस्थालाई हप्तामा एक र दुई दिन गरी समय तालिका दिएर सेवा सञ्चालन गराउँदै आइएको थियो । भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै समयतालिकाअनुसार सेवा प्रवाह गराउँदै आएका बैंक तथा वित्तीय संस्थाले आजदेखि भने नियमितरुपमै सेवा प्रवाह गर्न पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीबीचमा तीन फिटको भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानी अपनाएर मात्रै सेवा दिन आग्रह गरेको छ । त्यसैगरी सेवा प्रदायक र सेवाग्राही दुवैले अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, सेवाग्राहीको दैनिक विवरण राख्नेलगायतका शर्तहरुको पालना गरेर सेवा सञ्चालन गराउन निर्देशन दिइएको सहायक प्रजिअ सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस