२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा क्वारेन्टिन : विद्यार्थीलाई मनोवैज्ञानिक असर

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टिन राख्न सुझाव दिइएको हो ।

हाल करीब २८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टिन र ६४ मा आइसोलेशन कक्ष बनाइएको छ । कतिपय विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत थाहा नदिई स्थानीय पालिकाले आफूखुशी तथा जबर्जस्ती विद्यालयलाई क्वारेन्टिन बनाइएकामा चिन्ता व्यक्त गरिएको हो ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को विपरीत विद्यालयमा यस प्रकारको बोझ थप्न नहुने बताए । बालअधिकारकर्मी कृष्ण सुवेदीले विद्यालयको विकल्प खोजेर होटलहरुलाई क्वारेन्टिन बनाइएको भए बस्नेहरुलाई पनि सुविधा पुग्ने उल्लेख गरे।

विपद्विज्ञ श्याम ज्ञवालीले सुरक्षित विद्यालयको अवधारणाबाट विद्यालयलाई क्वारेन्टिन बनाइनु गलत भएकाले यसबाट चौतर्फी रुपमा असर परेको उल्लेख गरे ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले आफूहरुले विद्यालयमा क्वारेन्टिन नराख्न सुरुदेखि आग्रह गरेको र हाल निरन्तर विद्यालयमा क्वारेन्टिन बढ्न थाले पनि थप चिन्ता जाहेर गरिएको जनाए ।