२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल सुधार गृहलाई पुस्तक सहयोग

अ+ अ-

डोटी । उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीले डोटीको सिलगढीमा रहेको बाल सुधार गृहलाई दर्जनौँ पुस्तकहरू सहयोग गरेको छ ।

बालसुधार गृहमा सोमबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका बिच पुस्तक हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईले बाल सुधार गृहमा पुस्तक हस्तान्तरण गर्नु पवित्र काम भएको भन्दै पुस्तकहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । पुस्तकबाट ज्ञान पाइने र बाल सुधार गृहमा रहेका बालकहरूलाई पढ्ने वातावरण बनाई ज्ञान बटुलेर सुधार गृहबाट बाहिरिँदा असल मान्छे बन्छु भन्ने अठोटका साथ बाहिरिने वातावरण बनाउनुपर्ने धारणा राखे । साथै महान्यायाधिवक्ताको कार्यालयबाट पुस्तक हस्तान्तरण कार्य भएकाले अन्य सहयोगी निकायका लागि पनि प्रेरणाको श्रोत भएको उनले बताए ।

उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीका प्रमुख सह(न्यायाधिवक्ता टेक बहादुर थापाले बाल सुधार गृहमा रहेका बालकहरूको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्ने काम चुनौतीपूर्ण भएको भन्दै प्रदान गरिएका पुस्तकलाई व्यवस्थित तवरले सदुपयोग हुने वातावरणका लागि सुधार गृह परिवारलाई आग्रह गरेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयबाट पठाइएका २ सय १५ पुस्तकहरू कानुन, साहित्य, सामान्य ज्ञान, कक्षा ९ र १० का, शब्द कोष, एट्लस लगायतका रहेको जिल्ला सरकारी वकिल कार्यालय डोटीका प्रमुख पूर्ण के।सी।ले बताए । पुस्तकहरू बाल सुधार गृहका कार्यालय प्रमुख सानुमाया लिम्बुलाई हस्तान्तरण गरेका थिए ।

पुस्तकहरू बुझ्दै प्राप्त पुस्तकहरू सक्दो सदुपयोगमा ल्याउने बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुले बताइन् ।

सुदूरपश्चिममै एउटा मात्र डोटीमा रहेको बाल सुधार गृह २०७५ सालमा स्थापना भएको थियो । हाल उक्त बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न सुदूरपश्चिमका ९ जिल्ला र दाङ जिल्लाका समेत गरी १० जिल्लाका १८ वर्ष मुनिका ४६ जना बालकहरू रहेका छन् ।