काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, लेखा समूहका २४८ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार लेखापाल, लेखा अधिकृत र वरिष्ठ लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको हो।
सार्वजनिक विवरणअनुसार २०० जना लेखापाल तथा सहायक लेखा अधिकृत र ४८ जना लेखा अधिकृत तथा वरिष्ठ लेखा अधिकृत सरुवा तथा पदस्थापनमा परेका छन्।
उनीहरूलाई प्रदेशअन्तर्गतका विभिन्न मन्त्रालय, निर्देशनालय, कार्यालय तथा अन्य निकायमा खटाइएको छ।




