२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ : मन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् ।

छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व भएको उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईले शुभकामना सन्देशमा भनेका छन्,’छठ पर्व एउटा समुदाय, एउटा भूगोलविशेषमा मात्र सीमित छैन, विगतमा मुख्य रुपमा तराई-मधेशमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयतन फराकिलो बनेको छ । जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयतन जति फराकिलो बन्दै जान्छ, त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतालाई पनि प्रगाढ र सुमधुर बनाउने छ’ ।

मन्त्री भट्टराईले पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाभियानलाई सफल बनाउन ठूलो टेवा मिल्ने विश्वास व्यक्त गरे । उनले सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहर छठले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले सूर्यको उपासना गर्दै मनाइने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।