वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । शनिबार बिहान पौने १ बजे फलाम गलाउने भट्टी अचानक पड्किँदा भट्टीमा काम गरिरहेका ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह सामान्य घाइते छन् भने सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइत बिकिन्द्र यादवको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।







