काठमाडौँ । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गरेको छ । सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सार्वजनिक लेखा समितिमा स्पष्टोक्ति दिँदै मेडिकल सामग्री खरिद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्। उनले यसमा आफ्नो संलग्नता स्वास्थ्य सेवा विभागको खरिद फाइल मन्त्रिपरिषद्सम्म पुर्याउनेमात्र रहेको पनि बताएका छन्।
स्वास्थ्यमन्त्री ढकाल र सांसदहरुको छलफलपछि समितिले सो प्रकरणलाई थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएको हो।







