२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वेज नहरमा फसेको जहाज एक सातापछि निकालियो

अ+ अ-

कायरो । स्वेज नहरको बालुवामा फसेको ‘एभर गिभन’ जहाज करिब एक सातापछि आज निकालिएको छ । समाचार संस्था रोयटर्सका अुनसार स्थानीय समयानुसार सोमबार बिहान साढे ४ बजे जहाज बालुवाबाट निकालिएको हो ।

पनामामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्ड्स जानेक्रममा गएको मंगलबार बिहान स्वेज नहरमा फसेको थियो ।

सो जहाज पूर्ण रुपमा ‘ट्रयाक’मा आइसकेपछि क्रमिक रुपमा जहाजको चाप कम हुने बताइएको छ । हावाको वेगका कारण ४०० मिटर लम्बाइ र ५९ मिटर चौडाइ भएको उक्त जहाज नहरको वारपार तेर्सो पर्दा मार्ग अवरुद्ध भएको थियो ।

उक्त विशाल जहाज फसेपछि इन्धन बोकेका ट्यांकरको ढुवानी मूल्य झन्डै दोब्बर हुनुका साथै विश्व आपूर्ति शृंखला नै प्रभावित भएको थियो ।

जहाज निकालिएको खबरपछि कच्चा तेलको प्रतिब्यारेल मूल्य १ डलरले घटेको छ । एसिया र युरोपबीच इन्धन, खाद्यान्न र अन्य व्यापार गर्नका लागि स्वेज नहर मुख्य मार्ग हो । विश्वभर जलमार्गबाट हुने ढुवानीको १५ प्रतिशत यही नहर हुँदै कारोबार हुने गरेको छ ।