२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड नियन्त्रणमा राज्यको सबै स्रोत, सधान र जनशक्ति प्रयोग गर्न महासंघको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणमा राज्यको सबै स्रोत, सधान र जनशक्ति प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय दोस्रो लहरको रुपमा फैलिएको नेवल कोरोना भाइरसका कारण भइरहेको मानवीय क्षतिलाई रोक्न आवश्यक स्रोत साधन परिचालन गर्न माहासंघले सरकारसँग आग्रह गरेको हो ।

महासंघले सरकारका तर्फबाट गरिनुपर्ने पूर्व तयारी तथा सक्रियताले सकारात्मक संकेत नदिएको जनाएको छ । राज्यको फितलो तयारीले गर्दा अस्पतालमा बेड, अक्सिजन र सहयोगी औषधि समेत पाउन नसकेको यस अवस्थाले आम नागरिकले व्यहोर्नु परेको पीडाप्रति चिन्ता जाहेर गरेको छ ।

अध्यक्ष विपुल पोखरेलले शनिबार विज्ञप्ती जारी गर्दै आवश्यक मात्रामा अक्सिनको प्रबन्ध गर्न, अस्पतालमा बेडको संख्या थप्न, अस्थायी उपचार केन्द्रहरुको निर्माण गर्न तत्काल विशेष योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना विरुद्धको लडाईका ‘फ्रन्टलाइन’ का रुपमा रहेका चिकित्सा क्षेत्रको योगदान होस या सरसफाइकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक समानको उपलब्धताका लागि क्रियाशिल व्यक्ति तथा संस्था, एम्बुलेन्स चालकको भूमिकाका कारण आजसम्म सबै नागरिककमा झिनो आशा कायम रहेको विज्ञप्तीमा उल्लेख छ । यस्तो अवस्थामापनि बिरामी बोक्ने एम्बुलेन्स, हेलिकपटरले भाडावापत जथाभावी भाडा असुली गरेको, स्वास्थ्य सामग्रीमा कालोबजारी भइरहेको जस्ता कार्य खेदजनक रहेको महासंघले भनेको छ ।