२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।

भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्।

भुसालले पत्रमा भनेका छन्,‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए। र त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिए। सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविदितै छ र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु।’

उनले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन्।

उनले पत्रमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउँदा नेकपाले दिएको टिकट र निर्वाचन आयोगबाट मलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित घोषणा गरिएको पत्रका प्रतिलिपि यसैसाथ संलग्न गरेको छु।’

भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गरेका छन्। एमाले भित्रको विवाद उत्कर्षमा पुगेको बेला भुसालले आफू स्वतन्त्र भूमिकामा रहने भनेर संसदमा पत्र दर्ता गराएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।