२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा भारी वर्षा, लाखौँको क्षति

अ+ अ-

गौशाला । महोत्तरी जिल्लामा आज बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

हावाहुरी र वर्षाका कारण दर्जनौँ घरको छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काइएको पीडितले बताएका छन् ।

त्यस्तै, किसानले भित्र्याउनका लागि खेतमा काटी राखेको गहुँ र तेलहन बाली भिजाएर बर्बाद बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको तरकारीबाली पनि हावाहुरी र वर्षाले नष्ट बनाएको किसानले बताएका छन् ।

यसैगरी, तीव्रगतिको हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबारसमेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा, जलेश्वरले जनाएको छ ।

त्यस्तै, भारी वर्षाले जिल्लाको मुख्य सडक जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा बाधा पर्ने गरी सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमा समस्यामा उत्पन्न भएको छ । रासस

0 Comments