२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी जवानको अन्तर्वार्तामा चार नक्कली परीक्षार्थी पक्राउ

अ+ अ-

डोटी । डोटीमा प्रहरी जवान पदको भर्नाको अन्तर्वार्तामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रवार पक्राउ गरिएको हो भने एक जना १० गते र एक जना १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जसमध्ये दुई जना कैलाली र दुई जना बझाङका रहेका छन् । उनीहरूले सक्कली परीक्षार्थीसँग न्यूनतम एक लाखदेखि दुई लाखसम्म रकम लिएर नक्कली परीक्षार्थी बनेका पाइएको प्रहरी श्रोतले जनाएको छ।

अन्तर्वार्ताका क्रममा शङ्कास्पद देखिएपछि पक्राउ परेका नक्कली परीक्षार्थी र रकम दिई अन्तर्वार्तामा अर्को व्यक्ति पठाउने दुवैलाई ‘किर्ते मुद्दामा’ आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए। लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तर्वार्तामासमेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।

अभिभावकहरूसमेतको लापरबाही र परीक्षाको आवश्यक तयारी गर्ने तरिका थाहा नपाई गलत बाटो रोज्दा उनीहरूको जीवन बरबाद हुने एवं आउँदा दिनमा पनि यसबाट नकारात्मक सन्देश जाने हुँदा सबैले सचेत रहन प्रहरी उपरीक्षक मल्लले सबैलाई आग्रह गरेका छन् ।

प्रहरी भर्ना हुँदा परीक्षा पास गर्ने आइडिया बारे रिटायर्ड प्रहरी अधिकृतहरू, वर्तमान सेवारत प्रहरी अधिकृतहरूबाट सहयोग लिएर परीक्षार्थीले स्वविवेकले परीक्षा दिनुपर्ने उनले बताए ।

प्रहरी तालीम केन्द्र दिपायलमा यही श्रावण ७ गतेदेखि १७ गतेसम्म प्रहरी भर्नाको अन्तर्वार्ता चलिरहेको छ ।