२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दिनदेखि परेको अबिरल वर्षाका कारण धनगढी बजार जलमग्न

अ+ अ-

सुदूरपश्चिम । विगत दुई दिनदेखि परेको अबिरल वर्षासँगै प्रदेशको अस्थायी राजधानी धनगढी सहरसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन् ।

वर्षासँगै धनगढी उमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयसहित अधिकांश कार्यालय परिसरमा दुई/तीन फिटसम्म पानी जमेको छ ।

बजार क्षेत्रको बीच भाग हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने कैलाली खोला र सुकुटी नालामा पानीको सतह बढ्दा आसपासका बस्तीमा समेत डुबानको जोखिम बढेको छ । नगर क्षेत्रको शिवनगर, विशालनगर, मिलनचोक, त्रिवेणीचोक, बैया बेहँडीलगायतका घना बस्तीमा घरभित्र पानी पसेर क्षति पुगेको छ ।

वडा नं ३ का बजिरसिंह धामीले डुबानसँगै घरभित्र पानी पस्दा मालसामान भिजेर क्षति पुगेको बताउनुभयो । पानीको उचित निकासको व्यवस्था बिना आफूखुशी ढङ्गले घर संरचना बनाउने गरिएका कारण धनगढीमा डुबानको समस्या बढ्दै गएको छ । यसबाहेक खोलानालाको जग्गासमेत मिच्ने प्रवृत्तिले खोलाको पानीसमेत बग्न नपाउँदा पनि डुबानको समस्या देखिने गरेको हो ।

जिल्लाको शिवगङ्गा, मोहना र गौरीगङ्गालगायतका नदीमा पानीको सतह केही बढेको भए पनि मध्याह्नसम्म खतराको तहमा नपुगेको नदीमा पानीको बहाव मापन गर्न खटिएका ‘गेज रिडर’ले बताएका छन् । पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको बहाव मापन गर्न खटिएका ‘गेजरिडर’ मानबहादुर चौधरीले मोहनाको बाढीले कैलारी गाउँपालिकाको बिसनपुर गाउँमा पसाउन लागेको धानखेत डुबानमा परे पनि अहिले नै मानव बस्तीमा त्यस्तो ठूलो जोखिम नदेखिएको बताए ।

उनले भने, ‘नदीमा पानीको सतह खतरा नजिक पुगेपछि यसको जानकारी तत्कालै तल्लो तटीय क्षेत्रका बासिन्दा र जिल्ला प्रशासन कार्यालयलाई सूचना गर्ने गरेका छौँ ।’ कैलालीको भजनी, जानकीनगर, धनसिंहपुर, नारायणपुर, लालबोझी, पथरैयालगायतका होचो भू–भागका बस्ती मोहना, कान्द्रा, काँडा, खुटियालगायतका नदीमा आउने बाढीका कारण वर्षेनी डुबानमा पर्ने गरेका छन् ।

नदीमा पानीको बहाव बढ्दा डुबान र कटानको सम्भावित जोखिमबाट समुदायलाई जोगाउन जिल्लामा पूर्वसूचना प्रणाली लागू गरिएको छ । पूर्वसूचना प्रणाली कार्यान्वयनमा आएसँगै जिल्लामा बाढी र डुबानजस्ता प्रकोपबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणमा टेवा पुगेको छ ।

यो प्रणालीअन्तर्गत विभिन्न नदीको पानीको सतह मापन गर्न खटिने ‘गेज रिडर’ले विभिन्न नदीमा बाढी डुबानको सम्भावित जोखिमबारेको पूर्वसूचना तल्लो तटीय क्षेत्रका समुदाय, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल रेडक्रस सोसाइटी र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित कार्यालयमा दिने गरेका छन् । यो प्रणालीअन्तर्गत जिल्लाका अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजरिडर’ जडान गरिएको छ । वर्षा मापन र जल मापनका लागि जिल्लाभरि १६/१७ ठाउँमा गेजरिडर कार्यरत रहेका छन् ।

माथिल्लो तटीय क्षेत्रमा कार्यरत गेजरिडरले दिने सूचनाका आधारमा तल्लो तटीय क्षेत्रका समुदायलाई बाढी आउनुपूर्व सूचना दिएर क्षति न्यूनीकरणको पहल हुने भएकाले पूर्वसूचना प्रणाली प्रभावकारी देखिएको जल तथा मौसम विज्ञान विभाग अत्तरियास्थित फिल्ड कार्यालयका सिङ्गल चौधरी बताउछन् ।

खासगरी उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली नदी र पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदी र उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, काँन्द्रा, काँडा, पथरैया, गौरीगङ्गा, मुढालगायतका नदीमा मनसुनी वर्षासँगै पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा जोखिम हुने गरेको छ ।