काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित तीन जनाविरुद्ध कर्मचारी सञ्चय कोषले सार्वजनिक सूचना निकालेको छ।
कर्मचारी सञ्चय कोषले आज (सोमबार) सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा सार्वजनिक सूचना गरी गर्दै ऋणको साँवा व्याज भुक्तानी गर्न आग्रह गरेको हो ।
कोषले सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता गर्न भनेको छ ।
उक्त समय अवधिभित्र ऋण चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ । कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल समेत लिलाम गर्ने जनाएको छ ।
इच्छाराजले सिभिल इस्टेटसका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाको नाम समेत सूचनामा प्रकाशित गरिएको छ ।
सम्बन्धित समाचार : इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
सम्बन्धित समाचार : पूर्वसभाषद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का
सम्बन्धित समाचार : सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ पक्राउ








