बनेपा । काभ्रेपलान्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएका हुन् । लामाले सात हजार ५३४ तथा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ हजार ६७२ तथा उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता बोहोरा क्षेत्रीले पाँच हजार ९४२ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा एमालेका श्रीदास लामा, २ मा काँग्रेसका हस्तमान लामा, ३ मा एमालेका धनजित लामा, ४ मा एमालेकै तेजबहादुर मगर, ५ मा एमालेकै निरध्वज लामा, ६ मा काँग्रेसका नारायणबहादुर सिवाकोटी, ७ मा माओवादी केन्द्रका अशोककुमार गौतम, ८ मा माओवादी केन्द्रका जितबहादुर तामाङ, ९ मा एमालेका जनम तामाङ, १० मा काँग्रेसका विकेन तामाङ, ११ मा काँग्रेसकै लालकुमार पाख्रिन तथा वडा नं १२ मा काँग्रेसका वसन्तकुमार तामाङ विजयी भएका छन् ।