११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखाको झोरुङ खोलामा निर्माणाधीन पुल भत्कियो

अ+ अ-

काठमाडौँ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ ।

यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो । पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो ।

हिजो (शनिबार) ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ । तर प्राविधिक रुपमा गडबडीको शङ्का लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

विगु गाउँपालिकाका प्राविधिक शाखा प्रमुख एवम् सब इन्जिनियर सरोज खड्काले भने, ‘हामीलाई प्राविधिक गडबडी छ भन्ने शङ्का पहिल्यै थियो, त्यसैले काम रोक्नुस् भनेका थियौँ । अहिले सानो पानीले नै क्षति पुग्यो ।’ टेको लगाउनुभन्दा अगाडि नै लेभल डाउन भएको देखेपछि काम रोक्न भनेको सब इन्जिनियर खड्काले बताए ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी बानियाँ लाफा जेभीले ठेक्का सकारेर काम गर्दै आएको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस