काठमाडौँ । साउन लागेपछि वाणिज्य बैङ्कहरूको निक्षेपमा घटेको छ ।
असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैङ्कको निक्षेप ६ साउनमा आउँदा ६३ अर्बले घटेको छ ।
६ साउनमा वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४४ खर्बमा झरेको नेपाल बैंकर्स सङ्घले जनाएको छ । यस अवधिमा बैङ्कहरूको कर्जा लगानी पनि घटेको छ ।
असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी ६ साउनमा आउँदा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।
कर्जा निक्षेप ६ दिनमै नै ६३ अर्बले घट्दा बैङ्कहरूको सीडी रेसियो ८७.७५ प्रतिशत पुगेको छ ।
३२ असारमा ८६.४१ प्रतिशतमा झरेको सीडी रेसियो बैङ्किङ प्रणालीबाट निक्षेप घटेसँगै बढ्न लागेको छ ।