११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालमा १४ बर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी

अ+ अ-

काठमाडौँ । वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ । गत बिहीबार मुटु शल्यचिकित्सक डा.किरण श्रेष्ठ नेतृत्वको टोलीले २१ बर्षीया युवतीको ओपन हार्ट सर्जरी गरेको हो ।

दुई साताअघि दोलखाकी एक युवती सामान्य जाँचका लागि अस्पताल आएको परीक्षणको क्रममा मुटुमा जन्मजात प्वाल रहेको थाहा भएपछि शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले बताए ।

उनका अनुसार अस्पतालले गरेको मुटुको यो शल्यक्रिया ९९ औँ हो । यसभन्दा अगाडि १४ बर्षअघि ओपन हार्ट सर्जरी भएको थियो । उपकरण बिग्रिएसँगै शल्यक्रिया रोकिएको डा.बस्नेतले बताए । पुराना उपकरण मर्मत र नयाँ उपकरण पनि ल्याएपछि अब नियमित रूपमा ओपन हार्ट सर्जरी गर्ने उनले बताए । 

शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा शल्यक्रियाका लागि आवश्यक उपकरण र पर्याप्त जनशक्ति भएकाले अबदेखि यो सेवा नियमित दिन सकिने डा. बस्नेतको दाबी छ । अब कम्तीमा हप्ताको दुई वटा ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

शल्यक्रियामा ओपन हार्ट विभागीय प्रमुख डा। किरण श्रेष्ठ, हार्ट सर्जन डा। दीक्षा जोशी, डा. दिनेश चापागाईँ सहभागी थिए । त्यस्तै एनेस्थेसिया टिममा डा.रविराम श्रेष्ठ, डा. प्रदीपराज वैद्य, डा.सुरेन्द्र भुसाल, डा.एलन अमात्य, डा. रोमन कार्की थिए ।

अस्पतालमा मुटु रोग सम्बन्धी समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने छन् ।

त्यसैगरी अबको केही महिनामा नै अस्पतालबाट क्याथ ल्याब सेवासमेत दिने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस