२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा जिप दुर्घटनामा दुई जनाको मृते, १३ घाइते

अ अ+ अ-

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । 

आठबिसकोट नगरपालिका-५ नयाँगाउँडाँडास्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे१ज ३११२ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

घाइतेमध्ये १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र आठ वर्षीय युवराज थापाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक गिरीले बताए । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ । 

त्यस्तै, २५ वर्षीया हिरा थापा, आठ वर्षीय गौरव थापा र चार वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापाको अवस्था सामान्य रहेको छ । उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ । 

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ । जिपमा सवार सबै आठविसकोट नगरपालिकाका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

0 Comments