२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७२ स्वर्णसहित आर्मीले उचाल्यो ९ नवौँ राष्ट्रिय खेलकुदको ट्रफी, १० औ संस्करण कुन प्रदेशमा हुन्छ ?

अ+ अ-

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ नवौँ राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन बनेको छ । सहभागी अन्य १० टोलीलाई पछि पादै आर्मी च्याम्पियन बनेको हो। 

च्याम्पियन बनेका आर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुदको ट्रफी हस्तान्तरण गरेका थिए। आयोजक राखेपले करिव १० लाख खर्च गरी यस वर्षदेखि ट्रफी  बनाएको हो

यसैगरि उपविजेता बनेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक हात पार्न सफल भएको छ ।

प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनए गरी ११ टोली सहभागी थिए । प्रदेशतर्फ भने सहभागी सात प्रदेश मध्ये घरेलु टोली गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य गरी कुल १२० पदक प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा सहभागी कुल ३६ खेलका ३९६ विधामा पुरुष तीन हजार ४१४, महिला दुई हजार ७१३ गरी कुल ६ हजार १२७ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता मा समावेश गरिएका ३६ खेलहरू गण्डकीका आठ जिल्लामा सञ्चालन गरिएको थियो । 

सहभागी खेलाडीहरूमध्ये कान्छो खेलाडीको रूपमा रितिका बुमी रहेकी थिइन । ७ वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन भने सुदूरपश्चिम प्रदेशबाट सहभागी भएकी थिइन । 

यसै गरी जेठो खेलाडीको रूपमा धनबहादुर घले रहेका थिए । प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन ।

यसैबिच प्रत्येक दुई दुई बर्षमाहुने प्रतियोगिताको आउँदो १० औ संस्करण कर्णाली प्रदेशमा हुने भएको छ । २ देखि ९ मंसिर २०८१ मा कर्णालीमा १० औ संस्करण हुने भएको हो। 

राखेपको पोखरामा बसेको ११५ औँ बोर्ड बैठकले सो निर्णय गरेको राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए । गण्डकीमा नवौँ संस्करण सकिएसँगै आउँदो १० औ संस्करणको तयारीमा बिहीबारबाटै सुरु भएको उनले बताएका थिए ।

नवौँ संस्करणसम्म आईपुग्दा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण गरिएको छ । पहिलो पटक राष्ट्रिय खेलकुदमा खेलकुदको विश्व मान्यता अनुरूप क्लिन स्पोर्टसको  अवधारणा अनुरूप एन्टि डोपिङ परीक्षण गरिएसँगै  खेलाडीहरूको विवरण डिजिटल माध्यमबाट दर्ता गरी क्लाउडमा अभिलेखीकरण गरिएको सदस्य सचिव घिसिङले जानकारी दिए।