२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट विवादमा सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध

अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक वर्ष २०८३-८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुन:बस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

आज प्रदेश सभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए।

बैठकमा काँग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीको संसदीय दललेसमेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएपछि बजेट पारित गर्न सहमत भएका अवस्थामा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । 

उनले सभामुखलेसमेत सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेको उल्लेख गर्दै त्यस कारण पनि वर्तमान सरकार सत्तामा रहिरहनु उपयुक्त नभएको काँग्रेसको धारणा रहेको बताए । 

काँग्रेसले सरकारविरुद्ध नाराबाजीसहित अवरोध जारी राखेपछि सभामुख भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षीसँग सहमति जुट्न नसकेपछि पुन:बैठक नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

यसअघि आर्थिक वर्ष सुरु भएको करिब तीन महिनासम्म यहाँ ‘बजेट होलीडे’ को अवस्था रहेको थियो । बजेटकै कारण तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार प्रदेशसभामा बजेट पेस गरिसकेपछि विघटन भएको थियो । त्यसपछि बनेको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रदेशसभाबाट प्रतिपक्षीको बहिष्कारका बीच बहुमतले बजेट पारित भएको थियो । हालको बजेटमाथि पनि पार्टीभित्र र बाहिर विरोध भइरहेको छ । काँग्रेस बजेट पारित गर्न सरकार र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सरकारले राजीनामा दिनुपर्ने अडानमा छ । 

0 Comments