१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा महामन्त्रीमा शरदराज पाठक मनोनीत, रवीन्द्र मिश्र पक्षबाट थपिए ४० केन्द्रीय सदस्य

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट आज महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन्। राप्रपामा यसअघि ५ जना महामन्त्री थिए, पाठकसहित ६ जना महामन्त्री भएका छन्।

मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा पाठक प्रवक्ता थिए। मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए।

गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वमा रहेको समूहबीच एकता घोषणा भएको थियो। पार्टीले त्यस बेला १० दिनभित्र समायोजन गरिसक्ने भने पनि चुनावका कारण देखाएर ढिलाइ भइरहेको थियो।

अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजक काम सुरु हुने राप्रपाले जनाएको छ। मिश्र पक्षबाट आएका ३५ जना केन्द्रीय सदस्य भइसकेका छन् भने ५ जना मनोनीत हुन बाँकी छ।

साथै केन्द्रीय कार्यसम्पादन समितिमा निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र मनोनीत भएका छन्।

साथै सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी मनोनीत भएका छन्। सहायक महामन्त्रीमा हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह मनोनीत भएको राप्रपाले जनाएको छ।

अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईँ, दीपकप्रसाद उप्रेती, मधुसूदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, बिपना शर्मा, सरस्वती पन्थी भुसाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल केन्द्रीय सदस्यमा मनोनीत भएको मिश्रको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस