२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा ७० अङ्क ल्याए ट्रायल पास

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणाली भोलि मङ्गलवारदेखि लागू हुँदै छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशनमा ७० अङ्क ल्याए पास हुने प्रणाली लागू गर्न लागिएको हो ।

यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्व सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि दबाबकै कारण रोकिएको थियो ।

पाण्डेको हस्तक्षेपका कारण तीन पटकसम्म रोकिएको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारले कार्यान्वयन गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारी चालक अनुमतिपत्र वितरण कार्यविधि ०७७’ जारी गरेको थियो । जसलाई अङ्कमा आधारित कार्यविधि पनि भनिन्छ । कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चार पाङ्ग्रे यातायातको ट्रायलमा ७० प्रतिशत अङ्क ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शतप्रतिशत अङ्क ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ । अन्य नियममा भने अङ्क थपघट हुने भए पनि पास हुन सकिने नियम छ ।

ट्रायल पास हुन ७० अङ्क ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।