२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन एमाले विदेश विभाग प्रमुख ज्ञवालीको आग्रह

अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् । 

साइप्रस कम्युनिष्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको निकोसियामा शनिबार आयोजित कार्यक्रममा उनले समकालीन विश्वमा बढ्दो भू-राजनीतिक तनाव, आर्थिक असमानता, जलवायु संकट र अति दक्षिणपन्थी प्रवृत्तिको पुनरुत्थानले लोकतन्त्र, सामाजिक न्याय र अन्तरराष्ट्रिय शान्तिमा चुनौती थपेको बताए ।

उनले अन्तरराष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगभन्दा अन्तरराष्ट्रिय कानुन, प्रभुत्वभन्दा सार्वभौमसत्ता, संवाद र छलफललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। शान्ति शक्तिशाली राष्ट्रको मात्र विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो ।

समकालीन पुँजीवादी व्यवस्थाले सम्पत्ति र अवसरमा असमानता बढाएको उल्लेख गर्दै ज्ञवालीले श्रमिक अधिकार, सामाजिक सुरक्षा, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र किफायती आवास सुनिश्चित गर्नुपर्ने बताए। कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्रविधिको विकास मानवकल्याण र लोकतान्त्रिक नियन्त्रणमा उपयोग हुनुपर्नेमा पनि उनले जोड दिए ।

समाजवादलाई शोषण र असमानताविरुद्धको आवश्यक ऐतिहासिक विकल्पका रूपमा व्याख्या गर्दै उनले मार्क्सवादी सिद्धान्तलाई प्रत्येक देशको विशिष्ट इतिहास र सामाजिक परिस्थितिअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे । 

नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै उनले एमालेले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतन्त्र, सामाजिक न्याय, समावेशीकरण र राष्ट्रिय स्वाधीनताका पक्षमा काम गर्दै आएको बताए।

उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय वामपन्थी शक्तिबीच शान्ति, समानता र न्यायका लागि सहकार्य आवश्यक रहेको बताए। उनले एकेनको शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीको आगामी यात्रा सफलताको कामना गरे । 

0 Comments