२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राइड सेयरिङ सेवा दिने चालकले अब मोबाइल स्ट्यान्ड राख्न पाउने

अ+ अ-

काठमाडौँ । राइड सेयरिङ सेवा दिने चालकहरूले अब आफ्नो सवारी साधनमा मोबाइल स्ट्यान्ड (होल्डर) र हेल्मेट क्यामेरा राख्न पाउन भएका छन्।

राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमीर लामाले यसबारे पुष्टि गरेका हुन्।

‘हामीले राइड सेयरिङ सेवा दिने चालकहरूले आफ्नो साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्छ भनेर उच्च अदालत पाटनमा निवेदन पेस गरेका थियौँ, उनले भने, ‘गत बिहीबार अदालतले यसबारे रिट जारी गरेको छ। जसमा मोबाइल स्ट्यान्ड राख्न अनुमति दिन भनिएको छ।’

गत भदौदेखि ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड र गो–प्रो क्यामेरा राख्न निषेध गरेको थियो। त्यसरी राख्ने चालकलाई प्रहरीले कारबाही गर्ने बताउँदै सूचना जारी गरेको थियो। सूचनाको पालना नगरी स्ट्यान्ड राख्ने चालकलाई प्रहरीले पाँच सयदेखि २० हजारसम्म जरिवाना तिराउँदै आएको छ।

राइड सेयरिङ कम्पनीका चालकरराइडरले बढी जसो म्याप (बाटोको नक्सा) हेर्न मोबाइलको स्ट्यान्ड प्रयोग गर्थे। तर यसले बढी दुर्घटना निम्त्याएको भन्दै प्रहरी कार्यालयले उक्त गतिविधि गर्न निषेध गरेको थियो। त्यस्तै क्यामेरा राख्दा पनि दुर्घटना बढ्ने गरेको प्रहरी कार्यालयको भनाइ थियो।

अब भने राइड सेयरिङ सेवा दिने चालकहरूले पुन: बाइक तथा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न पाउने भएका हुन्।