२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

अ+ अ-

जनकपुरधाम । नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् ।

मधेस प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आपसी समन्वय र समझदारीमा सीमा क्षेत्रमा हुने गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्ने निष्कर्षसहित विभिन्न निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

बैठकमा सीमा क्षेत्र दशगजामा भइरहेको अतिक्रमण हटाउने र घरबारविहीनहरूको वैकल्पिक व्यवस्थाका लागि दुई देशका अधिकारीको समन्वयमा अनुगमन समिति बनाई त्यसको प्रतिवेदनका आधारमा थप निर्णय गर्न अधिकारीहरू सहमत भएको उनले जानकारी दिए ।

त्यसै गरी खुला सिमानाका कारण हुने लागुऔषध दुर्व्यसनी र त्यसको अवैध ओसारपसार गर्ने कार्यलाई दुवै देशका अधिकारी मिलेर नियन्त्रण गर्ने, भारतको विहारमा मदिरा बन्देज गरिए पनि नेपालबाट अवैध रूपमा त्यहाँ मदिराको निर्यात हुने गरेको कुरा उठेकाले त्यसलाई रोक्न नेपालतर्फ स्थापित मदिरा पसलको नियमन, सीमा क्षेत्रमा कारोबारका लागि हुनुपर्ने दूरी कायम गर्न लगाउने विषयमा छलफल भएको छ ।

त्यसै गरी खुला सिमानाका कारण आपराधिक प्रवृत्तिका व्यक्तिको आवतजावत रोक्ने, महिला तथा बालबालिकाको बेचबिखन नियन्त्रण गर्न नेपालतर्फका सशस्त्र सीमा सुरक्षा बल र भारततर्फका सुरक्षा बल एसएसबीलाई थप समन्वयका साथ सहकार्य गर्ने निर्णय भएको छ ।

भारतीय पक्षका तर्फबाट नेतृत्व गर्नुभएका मधुवनी जिल्लाका प्रमुख अरविन्दकुमार बर्माले दुई देशका अधिकारीबीचको बैठक खुला सीमाका कारण हुनसक्ने गलत क्रियाकलाप रोक्ने विषयमा थप सहकार्य र समन्वयका साथ अगाडि बढ्न उपलब्धिमूलक रहेको धारणा राखे । उनले अन्तर सीमा आपराधिक गतिविधि र त्यस्तो कार्यमा संलग्न हुने व्यक्ति, लागुऔषधको अवैध कारोबार र दशगजा क्षेत्रमा हुने अतिक्रमणका सवालमा आगामी दिनमा पनि गम्भीर रूपमा छलफल र आवश्यक कार्य गर्न आफूहरू सहमत भएको बताए । साथै नेपाली पक्षले उठाएका विषयमा भारतीय पक्ष, विशेष गरी सीमा सुरक्षा अधिकारीले गम्भीरतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारी क्रमशः काशिराज दाहाल, दीपककुमार पहाडी, भूपेन्द्र थापा, भोजराज खतिवडालगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । हरेक तीन–तीन महिनामा बस्दै आएको समितिको अर्को बैठक भारतको मधुवनीमा बस्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।