२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिच्छवीकालीन विहारको अध्ययन सुरु

अ+ अ-

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू–चैत्यको पुरातत्त्व विभागले अध्ययन थालेको छ ।

प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्त्विक स्वरूपमा पुनः निर्माणका लागि पुरातत्त्व विभागले अध्ययन सुरु गरेको हो ।

अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार अहिले देखिएका स्वयम्भू-चैत्यको संरचना निकै पुरानो पाइएको छ । विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्त्विक स्वरूपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । ‘अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ’, प्रवक्ता कुँवरले भने, ‘जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ ।’

स्वयम्भू (चैत्य)को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् ।

स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था
छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुई वटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए ।

उनका अनुसार यत्रतत्र (पुरातात्त्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन् । मूल स्तूप र यस आसपासमा पुरातात्त्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ ।

‘चैत्य स्थलको चारै दिशामा टुटे फुटेका पुरातात्त्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो ।’

विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात् पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका थिए । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ ।

उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य)सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिलालेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्त्वको रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए ।