काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकामा बोका, पाठालाई पनि तीन महिने संगिनी सुई लगाइएको छ ।
परिवार नियोजनको अस्थायी साधनको रूपमा महिलाले प्रयोग गर्ने उक्त सङ्गिनी सुई धुर्कोटमा बोका पाठालाई लगाइएको हो ।
निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले गाउँपालिकाको वडा नम्बर १ र ७ का बोका पाठालाई उक्त सुई लगाइदिएको पाइएको छ ।
सो सुई लगाएपछि तौल बढ्ने विश्वासका साथ किसानहरूकै सहमतिमा सुई लगाउन थालिएको पाइएको छ ।
गाउँपालिकाले भने उक्त सुइले दीर्घकालीन असर पार्ने भन्दै पशुमा यो सुई प्रयोग नगर्न सूचना जारी गरेको छ ।
हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सूचना:
