११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसाय दर्ता तथा नवीकरण सुस्त

अ+ अ-

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन ।

जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९/०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्याङ्कले देखाएको छ । व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भए पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय दर्ताको सङ्ख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ । तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको झन्झटिलो प्रक्रियाका कारण आफूहरूले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरे ।

व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रूपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा १७ लाख तीन हजार २० राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस