२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणेशमानको त्याग र आदर्शबाट काँग्रेसले पाठ सिक्नुपर्छ’ : प्रकाशमान सिंह

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

मंगलवार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको शान्तिबाटिकास्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताए ।  उनले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण गरे। उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उनको भनाइ छ । 

नेता सिंहले गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा जोड दिएको स्मरण गरे । लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सीमित नरही नागरिकको आर्थिक जीवन परिवर्तन गर्ने माध्यम बन्नुपर्ने उनको भनाइ छ । काँग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उनले पार्टीको विधान, नियम र परम्परा विपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गरे ।

 पार्टी सभापति र केन्द्रिय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने काँग्रेसको परम्परा रहेको उल्लेख गर्दै उनले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रिय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको बताए । उनले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शको बाटोमा काँग्रेस अघि बढ्नुपर्ने बताए । 

उनले भने, ‘नेपाली काँग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन। पार्टीको स्थापित अभ्यास र प्रक्रियाअनुसार हुनुपर्ने विशेष महाधिवेशनलाई जबरजस्ती रूपमा व्याख्या गरेर १४ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति र केन्द्रिय कार्यसमितिलाई विस्थापित गर्ने अधिकार कसैलाई छैन । मैले यो विषय उठाउनुको कारण नेपाली काँग्रेसको ऐतिहासिक आदर्श र नेतृत्वको त्यागलाई स्मरण गराउनु हो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेरजस्ता अग्रज नेताहरूले सिद्धान्त, आदर्श, राष्ट्रियता र लोकतन्त्रका पक्षमा अडिग रहँदै अनेकौँ दुःख, जेलजीवन र संघर्ष व्यहोर्नुभयो । उहाँहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सिद्धान्त र राष्ट्रको हितलाई सधैँ माथि राख्नुभयो । विशेषगरी गणेशमान सिंहको त्याग नेपाली राजनीतिमा अनुपम उदाहरण हो । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभयो । यसबाट प्रधानमन्त्री जनताको चाहना र छनोटअनुसार बन्नुपर्छ भन्ने महत्त्वपूर्ण लोकतान्त्रिक सन्देश उहाँले दिनुभएको थियो । गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि पनि देशको आर्थिक तथा सामाजिक विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । उहाँको विचारमा लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक थियो। बेरोजगारी अन्त्य गर्ने, जनताको जीवनस्तर सुधार्ने र मुलुकलाई समृद्ध बनाउने उहाँको सपना आज पनि उत्तिकै सान्दर्भिक छ । त्यसैले आज राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती देखिएका बेला गणेशमान सिंहलगायत अग्रज नेताहरूले देखाउनुभएको त्याग, निष्ठा र आदर्शको बाटोमा अघि बढ्नु आवश्यक छ । नेपाली काँग्रेसले पनि आफ्नो ऐतिहासिक सिद्धान्त, लोकतान्त्रिक मूल्य र जनताप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै पार्टीभित्र एकता र विधिको शासन कायम गर्नुपर्छ ।’

राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती उत्पन्न भइरहेका बेला गणेशमान सिंहको राजनीतिक विचार र त्यागलाई आत्मसात् गर्नु अहिलेको आवश्यकता भएको नेता सिंहको भनाइ छ । 

0 Comments