काठमाडौँ । नायव सुब्बा अनुप भण्डारी मृत भेटिएका छन् ।
परराष्ट्रमा मन्त्रालयमा कार्यरत ३१ वर्षीय भण्डारी पोखरामा मृत भेटिएका हुन् ।
सोमबार बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता (डिएसपी) श्रवणकुमार विकले बताए ।
पोखराको बेगनास तालमा मृत भेटिएका भण्डारी उदयपुरका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विकले बताए ।
भण्डारी आइतबार दिउँसो १ बजे काठमाडौँबाट जहाज चढेर पोखरा गएका बुझिएको छ ।







