२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफा हिमाल अभियान अन्तर्गत २९ हजार किलो फोहोर सङ्कलन

अ+ अ-

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान-२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ ।

तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार ६३२, बरुन्चे १८ हजार ५२०, अन्नपूर्णबाट तीन हजार २५० गरी जम्मा २९ हजार ४०२ किलो फोहर सङ्कलन गरिसकेको नेपाली सेनाले जनाएको छ ।

उक्त अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भइरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले यही वैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पुर्‍याएको छ ।

अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्य सह–सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले मिति २०८० वैशाख ०४ गतेको बिहान उक्त हिमालको सफल आरोहण गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत चैत १४ गते प्रधानसेनापति प्रभुराम शर्माको अभियान सुरुआतको घोषण गरेको र अभियानबाट करिब ३५ टनअर्थात् ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

विश्व वातावरण दिवस (जुन ५) मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालमा थुप्रिएको फोहर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।