२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन् ।

नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा यहाँ पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए ।

मन्त्री ज्वालाले भने, “नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ ।”

“एक वर्षभित्र गाडी चल्न सक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ”उनले भने, “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गछौँ र छिटै समाधान गर्छौं ।”

उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको पनि बताए । उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको सो क्रममा जानकारी गराइएको थियो ।

आउँदो दसैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुङ्गा सडक आयोजनाले जानकारी दिएको छ । जाइकाको सहयोगमा सुरुङ मार्ग निर्माण भइरहेको छ ।

यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताएका छन् । सडक अनुगमनका क्रममा आज उनले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध पनि गरेका छन् ।

उनले भने, “उहाँहरूको समस्या पनि समाधान गर्छौं, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन । समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौँ ।”

उनले थपे, “यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्‍यो समाधान गछौँ, क्याबिनेटबाट गर्नुपर्छ कि, मन्त्रालयबाट गर्नुपर्छ कि, ऐन कानुन हेरफेर गर्नुपर्छ कि, सबै कुकारका निम्ति तयार छौँ तर उहाँहरूले आफूलाई तोकिएको निर्धारित काम सम्पन्न गर्नुपर्छ आयोजना प्रमुख र कर्मचारी साथीले पनि ।”

उक्त सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुङ्गा नौबिसे खण्डको प्रगति राम्रो देखिएको पनि उनले बताएका छन् । उनले कामलाई तीव्रता दिएर निर्धारित लक्ष्य पूरा गर्ने कुरामा ध्यान दिन निर्देशन दिए ।

उनले सबैसँग समन्वय गरेर निर्माण अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राजधानी जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधन गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । यो सडक विश्वबैंकको सहयोगमा बनिरहेको छ ।