२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोसिया स्मार्ट खेल प्रदर्शनी

अ+ अ-

काठमाडौँ । बोसिया खेललाई प्रचार-प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अति अशक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपाङ्गता भएका खेलाडीबीच बोसिया खेल खेलाइएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित एक दिवसीय प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई विशेष गरी अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलका बारेमा विस्तृत जानकारी गराइएको थियो । प्रदर्शनीमा ६० अपाङ्गता भएका खेलाडीको सहभागिता थियो ।

सङ्घका अध्यक्ष गोमा पौडेलले भने, ‘बोसिया खेलको प्रसार प्रचार गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई थेरापी होस् भन्ने उद्देश्यले खेल प्रदर्शनीको आयोजना गरिएको हो ।’

अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको विकासका लागि नीति तथा कार्यक्रम र विशेष बजेटको व्यवस्था गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिबीच नै प्रतिस्पर्धा हुने गरी राष्ट्रिय स्तरको खेल प्रतियोगिता आयोजना गर्नुपर्ने, बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्त्व दिएर अगाडि बढाउनुपर्ने, खेलसम्बन्धी नीति नियम, ऐन कानुनलाई अपाङ्गमैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अति शक्तलाई राज्यले विशेष सुविधा दिनुपर्ने र बोसिया खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्ने सङ्घले माग गरेको छ ।

‘अपाङ्गता भएका व्यक्तिलाई बोसिया खेलका लागि समस्या छ, उनीहरूलाई यातायातका साधन प्रयोग गर्न समस्या छ, आर्थिक अभाव छ । त्यसका लागि सरकारले विशेष बजेटमार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ’, उनले भने ।

सो अवसरमा काठमाडौँ महानगरपालिका-११ की वडा सदस्य आशा श्रेष्ठले अपाङ्गमैत्री खेलका निम्ति राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।